ब्लाष्टखबर । माेरङकाे धनपालथान गाउँपालिकामा गाईगोठमा आगलागी हुँदा ७० हजार बराबरकाे क्षति भएकाे छ । 

गाउँपालिकाकाे वडा नम्बर ३ स्थित बाङ्गेबजार टोलमा रहेकाे शिबचन यादबको गाईगोठमा आगलागी भएका ईप्रका रंगेलीले जनाकारी दिएकाे छ । करीब ०४:१० खबरपाए लगात्तै अप्रचौ बेतौनाबाट प्रहरी सहायक निरिक्षककाे टाेली घटना स्थमा पुगेकाे उक्त कार्यालयले जनाएकाे छ ।

प्रहरी र स्थानीयकाे सहयाेगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिएकाे थियाे । मानविय तथा चौपाया क्षति नभएपनि साईकल थान २ र  गाईगोठ पुर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी ७० हजार बराबरकाे क्षती भएकाे उक्त कार्यालयले जनाएकाे छ ।