मोरङ । शुक्रबार बिराटनगर महानगरपालिका-३ दुध फारम छेउमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको एन एल ०२/ एन ४४८७ नम्बरको लहरीले पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २ ह २८१२ नम्बरको टेम्पोलाई शुक्रबार दिउँसो ४ बजे ठक्कर दिएकाे थियाे । ठक्करबाट महानगरपालिका-३ की २३ बर्षीया पुजा भट्टराईकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टेम्पुमा सवार बिराटनगर महानगरपालिका-३ की २३ बर्षीया पुजा भट्टराई, उदयपुर बेल्टारकी २५ बर्षीया बिन्दा भट्टराई र टेम्पो चालक बिराटनगर-३ का बिर बहादुर योगी घाईते भएका थिए ।
घाईते भएका तिनै जनालाई उपचारको लागी नोवेल अस्पताल लगिएकोमा उपचारको क्रममा पुजाको मृत्यु भएको कार्यालयले जनाएको छ ।