ब्लाष्टखबर । धरान १५ बगरकाेटमा रहेकाे सेउती खाेलाकाे पुलमा स्कुटरकाे ठक्करबाट प्रहरी हवल्दार घाइते भएका छन् । 

शुक्रबार राती चेकजाचका लागी राेक्न खाेज्दा धरान १५ बाट ५ तर्फ जाँदै गरेकाे को २५ प ३८११ नम्बरको स्कुटरले हवल्दार नारायण कटुवाल ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा स्कुटर चालक धरान १५ की २१ बर्षीया युसिना राई र पछाडि सवार धरान १० की २४ बर्षीया मेघा गुरुंङपनि सामान्य घाइते भएको प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

घाइते तिनै जनाकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको भइरहेकाे कार्यालयले जनाएकाे छ । दुर्घटनापछि प्रहरीले स्कुटर नियन्त्रणमा लिएकाे छ ।