ब्लाष्टखबर । पथरीशनिश्चरे ८ मा करेन्ट लागेर शुक्रबार साँझ सुनसरीको रामधुनी–८ का ४५ वर्षीय सुवरलाल चौधरीको मृत्यु भएकाे छ । 

अन्दाजी साँझ ६ बजे एक घरमा बिद्युतकाे काम गरिरहेका उनलाइ अचानक करेन्ट लागेर घाइते भएका थिए । उपचारकाे क्रममा मोरङ अस्पताल पथरीमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।