ब्लाष्टखबर । मोरङको रंगेलीमा च्याउ उत्पादनकालागी बनाईएको टहरोमा तास खेलीरहेका ९ जनालाई प्रहरीले ५८ हजार बढि नगद सहित पक्राउ गरेको छ ।

नगरपालिकाको ७ नम्बर वडा स्थित नयाँ टोलमा रहको लक्षु महतोको च्याउँ उत्पादन गर्ने टहरा भित्र तास खेलिरहको अबस्थामा वडा नम्बर ४ का २९ बर्षीय विकास कुमार मण्डल, ३५ बर्षीय कमल देव साह, ३५ बर्षीय धिरेन साह, १९ बर्षीय भोलेलाल मण्डल, वडा नम्बर ७ का ६५ बर्षीय श्रीप्रसाद मुखिया, ३५ बर्षीय लक्षु महतो, ३७ बर्षे झम्सी यादव, वडा नम्बर ६ का १९ बर्षीय दिपक मण्डल र २० बर्षीय चन्दन मण्डललाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।

बिशेष सुचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले टोलीले उनिहरुको साथबाट नेपाली रुपैयाँ ५५ हजार ९ सय र भातिय रुपैयाँ १ हजार ८५० गरी जम्म ५८ हजार ८६० नगद बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।