ब्लाष्टखबर । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लाे तथ्याङ्क अनुसार अमेरिकामा काेराेना संक्रमितको संख्या ९० लाख ३३ हजार ६ सय ७८ पुगेको छ। हालसम्म २ लाख २९ हजार ५ सय ९४ जनाको मृत्यु भइसकेको छ।

शुक्रबार ८९ हजार ३ सय ६१ संक्रमित थपिएका अमेरिकामा बिहीबार ८८ हजार ५ सय २१ जना संक्रमित थपिएका थिए ।  महामारी सुरु भएयता २ सातामै १० लाख संक्रमित थपिएकाे हाे । 

बाल्टिमोरका स्वास्थ्य आयुक्त डा लियाना वेनले हरेक सेकेण्डमा एक जनामा कोरोना पुष्टि भइरहेको बताइन्। उनका अनुसार अमेरिकामा हरेक २ मिनेटमा एक जनाको मृत्यु भइरहेको छ र यो संख्यामा वृद्धि भइरहेको छ। केही राज्यमा दुई जनामध्ये एक जनामा कोरोना देखिएको उनले बताइन्।