कालाबञ्जार । वराहक्षेत्र नगरपालिका–६ का एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मुनाल चौकका पूर्व व्यापारीको कोरोना कारण ज्यान गएको हो । मधुमेह, दम जस्ता दीर्घ बिरामी भएका उनलाई कोरोना देखिएको थियो । उनको सोमबार साँझ ४ः३० बजेतिर आफ्नै निवासमा मृत्यु भएको हो ।