ब्लाष्टखबर । कुखुरामाथि करणी गरेकाे आराेपमा अदालतले एक युवकलाई ३ वर्षकाे जेल सजाय सुनाएकाे छ । बेलायतकाे ब्रैडफाेर्डका ३७ वर्षीय रेहान बेग नाम गरेकाे युवालाई कुखुरा बलात्कारकाे आराेपमा दाेषी ठहर गर्दै सजाय सुनाएकाे हाे ।

डेली मेलका अनुसार बाल याैन शाेषणका तस्बिरहरू राख्ने गरेकाे भन्ने सुचनाका आधारमा बेगकाे घर पुगेका प्रहरीले कुखुरासँग याैन सम्बन्ध राख्दै गरेकाे भिडियाे बरामद गरेकाे थियाे । घरकाे बेसमेन्टमा कुखुरासँग सम्बन्ध राख्दै गरेकाे अवस्थामा  उक्त भिडियाे उनकै पत्नी हलिमाले खिचेकाे बताइएकाे छ । 

पारिवारिक भिडियाे नाम दिइ राखिएकाे उक्त भिडियाे कै आधारमा अदालतले तुच्छ र विकृत कार्य भन्दै साे सजाय दिएकाे बताइएकाे छ । उनले भिडियाे तयार पार्ने उनकी श्रीमतीलाई भने घरेलु हिंसाकाे सबुत प्राप्त भएकाेले बिना सजाय नै छाडिएकाे बताइएकाे छ ।