विजयपुर । लोहोरुङ राई समाजको साम्माङ खाप (पूजा स्थल) को प्रवेशद्वार निर्माण गरी खड्गबहादुर आङ्ला राईले समाजलाई हस्तान्तरण गरेका छन् । 

सोमबार प्रवेशद्वार समाजलाई हस्तान्तरण गरेका हुन् । उनले आफ्ना दिवङ्गत मातापिताको नाममा इटहरी–१९ तरहरामा प्रवेशद्वार निर्माण गरी समाजलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष अध्यक्ष शिवकुमार लोहोरुङ राईले जानकारी दिए । कार्यक्रममा प्रवेशद्वार निर्मााण गरिदिने खड्गबहादुरलाई पनि सम्मान गरिएको अध्यक्ष राईले जानकारी दिए ।