सिरहा । मिर्चैयामा जिल्ला स्तरीय पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

नेपाल तरुण दल मिर्चैया नगरपालिका–२ मल्हनिया पिराडीको आयोजना आइतबारबाट जिल्ला स्तरीय पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता कात्तिक ९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेतालाई नगद १५ हजार र उपविजेतालाई नगद १० हजार र कप प्रदान गरिने तरुण दल क्षेत्रीय अध्यक्ष धनेश्वर यादवले जानकारी दिए ।

तरुण दल मिर्चैया वडा नं.२ का सभापति राजेद्र कापैरको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय सदस्य कपिलदेव साहले खेलको उद्घाटन गरे ।

त्यसैगरी उद्घाटन कार्यक्रममा जसपाका केन्द्रीय सदस्य प्रदीप मंडल, नेपाली कांग्रेस मिर्चैयाको नगर सभापति रमेश न्यौपाने, तरुण दल क्षेत्रीय अध्यक्ष धनेश्वर यादव, तरुण दल मिर्चैया नगरपालिका वडा नं.१ का सभापति दयानाथ कापैरलगायत सहभागी थिए ।