ब्लाष्टखबर । धरानमा गयराती थप १ सय २२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

जसमध्ये ९३ जना मंगलबार एन्फा एकेडेमीमा स्वाव संकदन गराउनेहरू मध्ये रहेका छन् भने अन्य बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हेल्थ डेक्समा स्वाब संकलन गराएकाहरू रहकाे धरान उपमहानगर पालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । 

हिजाे साझ नै बीपी प्रतिष्ठानमा स्वाब संकलन गराएका ८ जनामा संक्रमण पुष्टि भएकाे थियाे । मेहताका अनुसार योसँगै धरानमा कुल संक्रमितहरुको संखया १ हजार ६ सय १२ पुगेको छ ।