ब्लाष्टखबर । धरानमा आज साझ थप ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमितहरू सबै बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाव संकलन गराएकाहरू रहेकाे उपमाहानगरकाे स्वास्थ महाशाखाका प्रमुख उमेश मेहताले बताएका छन् । 

 उनका अनुसार मध्ये १ जना धरान ११ कारहेका छन् भने बाकी ७ जनाकाे ठेगाना धरान १८ उल्लेख भएकाे छ । जस मध्ये ५ महिला र ३ पुरूष रहेका छन् । मंगलबार एन्फा एकेडेमीमा गरिएकाे स्वाब संकलनकाे रिपाेर्ट भने आउन  बाकी रहकाे मेहताले बताएका छन् ।