धरान । धरानकी एक ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धरान २ ठेगाना भएकी ती महिलाको आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
हिजो राती ११ बजेर ५० मिनेटमा प्रतिष्ठानमा भर्ना भएकी ती महिलाको आज सोमबार बिहान ५ बजेर ४५ मिनेटमा निधन प्रतिष्ठानले जनाएको छ। उनको आज कोरोना संक्रमण भएको रिपोर्ट आज आएको थियो ।

मृतकलाई ज्वरो, खोकी, श्वास प्रश्वासमा कठिन र नियोनियाको लक्षण देखिएर अस्पताल भर्ना गरिएको थियो । उनलाई इर्मजेन्सीमा परिक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।