ब्लाष्टखबर । दार्चुलामा एक हाेटलकाे शाैचालयमा प्रहरी नायव निरिक्षक (सई) मृत फेला परेका छन् । शुक्रबार बिहान ४ बजे सदरमुकाम बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा लडेको अवस्था सई ध्रुव रावल मृत फेला परेका हुन् ।

मृतक रावलकाे मुखबाट रगत बगेको अवस्थामा भेटिए पछि होटल मालिकले प्रहरीलाई खबर गरी जिल्ला अस्पताल पुगाउँदा अस्पताल पुग्नु अगाबै मृत्यु भएकाे र डाक्टरले मृत घोषणा गरिसकेकाे  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।कार्यलयका अनुसार अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती धनगढी बस्दै आएका थिए 

 घटनाबारे अनुसन्धान भईरहेको  कार्यालयले जनाएको छ ।।