ब्लाष्टखबर ।  अस्ट्रेलियाको एक द्वीपमा करिब ३८० वटा ह्वेलको मृत्यु छ । तास्मानिया द्वीपमा अलपत्र परेका ती ह्वेलको मृत्यु भएको त्यहाका अधिकारीहरूले बताएका वीवीसी नेपालि सेवाले उल्लाेख गरेकाे छ । 

सोमबारदेखि द्वीपको पश्चिमी तटकाे कम पानी भएको स्थान नजिक सयौँको सङ्ख्यामा पाइलट ह्वेल अड्किएका छन् । उनिहरूकाे उद्धार कार्य भइरहकाे छ । बुधबारसम्म उद्धारकर्ताहरूले ५० वटा ह्वेल बचाउन सफल भएका छन् भने थप ३० लाई बचाउन उनीहरू लागि परेका छन्।

 । ३८० वटा ह्वेलको मृत्यु भएसंगै अस्ट्रेलियामा अलपत्र परेका ह्वेलहरूको सर्वाधिक सङ्ख्या हुनसक्ने जनाइएको छ। तास्मानियाका अधिकारीहरूले "प्राणी जीवित रहेसम्म" उद्धार कार्य जारी रहने बताएका छन्।

 

तास्मानियाको पार्क र वाईल्डलाईफ सर्भिसका क्षेत्रीय प्रबन्धक निक डेकालाइ उद्ध्रित गर्दै बीबीसीले पानीमा जीवितै रहँदासम्म उनीहरूसँग आशावादी हुने अवस्था रहने भन्दै समय बित्दै जाँदा उनीहरू झन् थकित बताएकाे छ ।

ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन। ह्वेलको यो प्रजाति तटीय क्षेत्रमा पुगेर अड्किने सम्भावना बढी हुने बताइन्छ।