विराटनगर । तेक्वान्दाेका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन् ।

तेक्वान्दाे एसाेसिएसन प्रदेश नं. १ को १९ औं वार्षिकोत्सवकाे अवसरमा खेलाडि, प्रशिक्षक र जिल्ला संघ सम्मान कार्यक्रम गरि उनीहरूलाई शनिबार सम्मान गरिएको हो ।

तेक्वान्दोको उत्कृष्ट महिला खेलाडीमा मोरङकी केरिषा आचार्य, पुरुष तर्फ वर्षको उत्कृष्ट खेलाडी झापाका रोशन मगर, वर्षको उत्कृष्ट प्रशिक्षक मोरङका चतुरलाल चौधरी र उत्कृष्ट उदीयमान प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भएका छन् । यस्तै वर्षको उत्कृष्ट जिल्ला संघमा झापा जिल्ला तेक्वान्दाे संघलाई सम्मान गरियो ।

सम्मानित हुनेहरूलाई १ नम्बर प्रदेशको सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेरले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री गजमेरले प्रदेशमा खेलकुद ऐन बनेकोले अब खेलकुद बोर्ड गठन गर्दा समानुपातिक प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाइन् ।