धरान । धरान बास्केटबल संघको सिफारिसमा डिपो स्कुलले १५ जना विद्यार्थी खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संघले पाचौ बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रमबाट उत्कृष्ट १५ जना विद्यार्थीलाई डिपो स्कुलमा छात्रवृत्तिको लागि सिफारिस गरको थियाे । 

धरान १८ स्थित डिपोट स्कुलको सभाहलमा बिहिबार एक कार्यक्रमको आयोजना गरि संघ, विद्यालय, छात्रवृत्ति पाएका विद्यार्थी र अभिभावक बिच सम्झौता पत्रमा हस्ताक्षर गरि संघ र विद्यालयले संझौता पत्र आदान प्रदान गरेका थिए ।

संघको तर्फ वाट संघका केन्दिय उपाध्यक्ष सुरजकुमार लामा र विद्यालयका तर्फ वाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमाल लिम्वले सम्झौता पत्र आदन प्रदान गरेका हुन । उक्त सम्झौता पत्रमा उल्लेख गरिए अनुसार ५ जनालाई ७५ प्रतिशत र १० जनालाई ५० प्रतिशत छात्रावृति डिपोट स्कुलले प्रदान गरेको छ ।

डिपो स्कुलमा छात्रवृत्ति प्राप्त गर्ने खेलाडि विद्यार्थीहरुमा प्रिती राई, मिङ्सो लिम्बु, युद्ध लिम्बु, बिबेक राई, सितल तामाङ गरि ५ जनाले ७५ प्रतिशत छात्रवृति पाएका छन भने आयुश राई, सरोज राई, मन्दिप राई, निहाल गजमेर, पौसन चौधरी, नानिम्मा राई, प्रियंका राई, जस्मिना लिम्बु, बिन्दिया राई र श्रेया सुनार गरि १० जनाले ५० प्रतिशत छात्रवृति प्राप्त गरेका हुन ।

छात्रवृत्ति प्राप्त गर्ने प्रिति राई र सितल तामाङ प्रदेश १ महिला टिम सदस्य हुन । उनिहरुले सम्झौता पत्रमा सम्झौता गरिएको बुदाहरुमा सहमति जनाउँदै विद्यार्थी तथा विद्यार्थीका अविभावकहरुले समेत पत्रमा हस्ताक्षर गरेका थिए ।
धरान बास्केटवल संघको आयोजना , धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा करिव एक महिना लामो ट्यालेण्ट हण्ट कार्यक्रम संपन्न भएको थियो ।

धरान १६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा राखेपका प्रदेश १ मुख्य प्रशिक्षक बिकास चाम्लिङ राईको नेतृत्वमा हेमन्त राई, नविन राई, युगल लिम्वु, विराज लिम्वु, रन्जित लिम्वु, र सृजन आचार्यले प्रशिक्षण दिइएको थिए ।
विगतको समय देखि नै डिपोट स्कुलले खेल क्षेत्र र शिक्षा क्षेत्रमा लगानि गरे अुनुरुप सफलता पाउदै आइरहेको डिपो स्कुलका प्राचार्य राजकुमार राईले स्वागत मन्तव्यको क्रममा बताए ।

कार्यक्रममा प्राचार्य राईले डिपोट स्कुल कुनै नाफामुखि संस्था नभएर सामाजिक शैक्षिक संस्था रहेको जनाए । उनका अनुसार खेल क्षेत्रमा हेर्ने हो भने बास्केटबल खेलमा नेपालको प्रतिनिधित्व गर्ने विषेश खेलाडी तथा प्रशिक्षक एवं खेलाडि डिपो स्कुलले उत्पादन गर्न सफल भएका छन ।

एसइइ पश्चात कोभिडको यो महामारि बिच ट्यालेण्ट हण्ट गर्ने नगर्ने दोधारको बिच सामाजिक सुरक्षालाई अवलम्बन गर्दै ट्यालेण्ट हण्ट सफलता पुर्वक संपन्न गर्न सफल रहेको कार्यक्रमका विशेष अतिथि वास्केटवल संघका केन्दिय उपाध्यक्ष सुरजकुमार लामाले वताए । हाम्रो यो कार्यक्रमलाई सम्मान गर्दै डिपोट स्कुलले हाम्रा १५ जना सम्भावना बोकेका विद्यार्थीहरुलाई छात्रवृती दिएकोमा अध्यक्ष लामाले स्कुल प्रति आभार प्रकट गरे । कार्यक्रममा बोल्ने क्रममा उनले बताए डिपोट स्कुल बास्तबमै खेलकुदको हिसाबले विशिष्ट स्थानमा रहेको स्कुल हो । मोफसलमा डिपोट स्कुल एक मात्र खेलकुदमा ठुलो योगदान दिने विद्यालय रहेको उनले दावि गरे । संघले यसअघि ट्यालेन्ट हन्टका ७ जना विद्यार्थीलाई एम्स एकेडेमिमा छात्रवृत्ति प्रदान गरिसकेको छ ।
डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्वुको अध्यक्षतामा संपन्न कायृक्रममा प्रमुख अतिथि १८ न. वडाध्यक्ष प्रविण राई, बास्केटवल संघ सचिव एवं प्रदेश १ मुख्य प्रशिक्षक विकास चाम्लिङ राइ, कोषाध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।