बिर्तामोड/ झापाको अर्जुनधारा–७ डाङ्ग्रे बाबा–सेतीदेवी–पाथीभरा माताधामको प्रवेशद्वार निर्माण हुने भएको छ ।

बिहीबार विश्वकर्मा पूजाको सन्दर्भमा आयोजित शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सांसद् वृष प्रधानले भूमि पूजन गरे ।

प्रदेश निर्वाचन विशेष कार्यक्रमबाट प्रवेशद्वारा निर्माण गर्न गत आर्थिक वर्ष ०७६/७७ मा एक लाख रुपैयाँ विनियोजन भएको थियो । प्रवेशद्वार निर्माणको कार्य असोज महिनाभित्र सम्पन्न गरिने भएको छ ।