विजयपुर/ जुम्लाको स्याउ कृषक खड्ग बहादुर केसी धरानमा सम्मानित भएका छन । धरान कृषि उपज बजार व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरि केसीलाईसम्मान गरको हो ।

कर्णाली प्रदेश जुम्ला जिल्ला तातोपानी गाउपालिका–४का कृषक केसिले पहिलो पटक जुम्माको स्याउ र आलु सिधै धरान ल्याएका थिए । केसीले २ पइन्ट ५ टन स्याउ र आलु २ सय ७५ क्वटेल टन आलु धरान ल्याएका थिए । कृषक केसीलाई धरान नगर प्रमुख तिलक राई र उपप्रमुख मञ्जू भण्डारी लगायतले कदर–पत्र तथा मायाको चिनो दिदै सम्मान गरेका थिए ।

कार्याक्रमा बोल्दै नगर प्रमुख राईले धरान पुर्वको केन्द्र विन्दुमा कृषि वजार रहेकोले जुम्ला र धरानको दिर्घकालिन व्यापारिक सम्बन्ध स्थापित गर्नुपर्ने बताए । उपप्रमुख मञ्जू भण्डारीले जुम्लाका कृषक धरान आईपुगेकोमा खसि व्यक्त गर्दै धरान मात्रै नभएर पुर्वका बजारहरुमा सम्बन्ध वनाएर पश्चिम र पुर्वको व्यापार अगाडी बढाउनु पर्ने बताइन् ।

त्यस्तै कृषि उपज वजार व्यवस्थापन समितिका सल्लाहकार आइन्द्र विक्रम बेघाले जुम्ला र धरानविच व्यापारिक सम्बन्ध जोडिनु ऐतिहासिक भएको वताएका छन । कार्याक्रममा पुर्व नगर प्रमुख मनोज मेन्याङ्बो, उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटा ,लगायतको उपस्थिति रहेको थियो ।

कृषक केसीकाअनुसार प्रतिकेजी ४०–४५ रुपैया उत्पादन हुने स्याउ धरान आइपुग्दा २२० रुपैया पुगेको बताएका छन् । त्यस्तै आलु ८५ रुपैयामा आइपुगेको छ । उनलाई सो मुल्यमा बिक्री गर्दा १५ देखि २० प्रतिशत रहेको बताएका छन् । कृषक केसीले अव सधैँ कृषि सामाग्री धरान ल्याउने बताएका छन् । धरान सो सामाग्रीको मुल्य कृषि उपज बजारले निर्धारण गर्ने बताएको छ ।