धरान/ एलजी नेपालले चाडपर्वलाई लक्षित गर्दै ‘अपग्रेड टु हेल्दी लाइफ स्टाइल’ अफर ल्याएको छ ।

एलजीका घरायसी सामानको खरिदमा ४० प्रतिशतसम्म छुट तथा आकर्षक उपहार दिने योजना ल्याएको हो । ग्राहकले ४० प्रतिशतसम्म क्यास ब्याक अफर पाउने कम्पनीले जनाएको छ ।

घरेलु सामग्री अन्तर्गत साइडबाइ साइड रेफ्रिजेरेटर खरिद गर्दा एलजीको माइक्रोवेभ ओभन, डबल डोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्स्चर, ८ केजीसम्मको फ्रण्टलोड वासिङ मेसिन खरिद गर्दा पिजनको गिफ्ट सेट, ९ केजीभन्दा माथि र वासर ड्रायर वासिङ मेसिन खरिद गर्दा पिजनको इण्डक्सन कुकर ग्राहकले प्राप्त गर्नेछन् ।

त्यस्तै टपलोड वासिङ मेसिन खरिद गर्दा पिजनको आइरन, डिस वासर खरिद गर्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा फ्रि जडानजस्ता उपहार प्राप्त गर्ने जनाएको छ ।

टेलिभिजनमा म्युजिक सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजेरेटर र एयर प्युरिफायरको खरिदमा ४० प्रतिशतसम्म क्यास ब्याक प्रदान गरेको हो । यो योजना भदौ २८ गतेदेखि सीमित अवधिका लागि नेपालभरि लागू गरिएको जनाइएको छ । एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।