विजयपुर । आईएमई जिवन बिमा कम्पनीले १० लाख बिमाङ्क रकम सहित २० लाख ६० हजार मृत्यू दावी रकम भुक्तानी गरेको छ ।
बिहिबार कम्पनीले धरान–९ स्थित आफ्नै कार्यालयमा एक कार्यक्रम गरि चेक हस्तारन्तरण गरेको थियो ।
मृतकका २ छोरा सहित श्रिमती सङ्गिता राई थापा मगरलाई कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेल, शाखा प्रमुख ओमप्रकाश, एजेन्सी मेनेजर सन्दिप शाक्यले संयुक्त चेक हस्तान्तरण गरेका थिए । बिमित धरान १६ का दिनेश थापा मगरको गत साउन १८ गते इनरुवामा मोटरसाइकल दुर्घट्नामा हुँदा मृत्यू भएको थियो । उनले २ वर्ष पहिले बिमा गरि दुई किस्तामा १ लाख ३३ हजार २६ रुपैया बुझाएका थिए ।
उनकी श्रीमतीले हिजो मृत्यू दावी रकम माग गरेकी थिइन । माग गरे लगत्तै कम्पनीले पिडत परिवारलाई रकम भुक्तानी गरेको कम्पनीका धरान शाखा प्रमुख ओम प्रकाश राईले बताए ।
कमपनीले १० लाख, मृत्यू दावी रकम १० लाख र बोनस ६० हजार गरेर २० लाख ६० हजार भुक्तानी गरेको हो । श्रीमती सङ्गिता राई थापा मगरले आफ्ना २ छोराको नाममा १० लाख रुपया सोहि कम्पनीमा बचत गरेकी छन । कम्पनीले ५ लाख थपेर १५ लाख बराबर बचत गरिदिएको छ ।