धरान । किटाणुनाशक उपकरण उत्पादन गर्दै आएको इओएल प्रालि नेपालको ‘केन्ट’ नामक उपकरणको बजार माग ह्वात्तै बढेको छ ।केन्टको आधिकारिक बिक्रेता चौधरी ग्रुप इलेक्ट्रोनिक्सका अनुसार पछिल्लो समय केन्टका विभिन्न सामग्रीको बजार माग ह्वात्तै बढेको हो ।
कोरोना महामारीका कारण पनि किटाणुनाशक उपकरणको माग बढेको जनाइएको छ । दैनिक उपभोग्य फलफूल र तरकारीहरूलाई सजिलैसँग सफा र सुरक्षित गर्न सकिने जनाइएको छ । जसमा केन्ट अटोसेनिटाइजर पनि एक रहेको छ ।
हातको स्पर्शबिनै केन्ट अटोसेनिटाइजरले हातहरू सफा गर्न सकिने बताइएको छ । यसमा स्मार्ट इन्बिल्ट इन्फ्रारेड सेन्सर राखिएकाले पनि हात डिस्पेन्सरको मुनी राख्ने बित्तिकै काम गर्न थाल्दछ । १२ लिटर भण्डारण क्षमता रहेको छ । पुनःभरण गर्न सकिने पनि जनाइएको छ । त्यस्तै केन्ट काउन्टर टप भेजिटेवल किटाणुनाशक उपकरणले सागसब्जी, फलफूल र मासुमा रहेका ब्याक्टेरिया तथा कीट हटाउने दाबी कम्पनीको छ ।
कम्पनीले रसायनरहित ओजोन टेक्नोलोजी जडित रहेकाले हानिकारक किटनाशक, रसायनहरू हटाउने दाबी गरिएको छ । त्यस्तै केन्ट ओजोन एयर किटाणुशोधनले कोठा तथा गाडीको हावालाई ब्याक्टेरिया र भाइरसहरूबाट हटाउन मद्दत गर्ने जनाएको छ ।
यस उपकरण प्रयोगकर्तामैत्री भएकाले केन्ट ओजोन एयर डिसइन्फेक्टन्टहरू व्यक्तिगत र साना व्यावसायिक स्थानहरूको लागि प्रयोगका लागि उत्तम मानिने कम्पनीले जनाएको छ ।
यन्त्रले ओजोन ग्यास छाड्ने कारण कोठा तथा गाडीको हावामा रहेको ब्याक्टेरिया, भाइरस, फङ्गी र अन्य रोगजनक कणहरूलाई हटाउन मद्दत गर्ने जनाइएको छ । त्यसका अलावा पनि केन्टका पानी प्रशोधक, एयर प्युरिफायर र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।