धनकुटा/ जिल्ला अस्पताल धनकुटालाई १ सय वेडको अस्पताल बनाउन स्थलगत निरिक्षण गर्न धनकुटा आएको सामाजिक विकास मन्त्री जीवन घिमिरेको सम्पर्कमा आएका ३७ जनाको शुक्रबार स्वाव संकलन गरिएको छ ।

भिआइपी कन्ट्राक्ट्रेसिङ्ग नाम दिइएको स्वाव संकलनमा धनकुटामा रहेर अग्रपंङ्गतीमा रहेर काम गरिरहेका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधि र पत्रकारहरु रहेका छन् । जसमध्ये पत्रकार आधा दर्जन छन् भने संघिय सांसद, प्रदेश सांसदहरु, दलका स्थानिय नेताहरु र जिल्ला अस्पतालका डक्टरहरु पनि रहेका छन् ।

गएको शनिबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे जिल्ला अस्पताल धनकुटामा १ सय वेड वनाउन आवश्याक पर्ने भौतिक पुर्वाधारको स्थलगत अनुगमन तथा निरिक्षण गर्ने क्रममा धनकुटा आएका थिए । मन्त्री घिमिरेलाई धनकुटाबाट विराटनगर फर्किए लगत्तै पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनीमा झाडापखाला र ज्वरो आएपछि पिसिआर गरिएको थियो ।

धनकुटा जिल्लामा हालसम्म ४० जनालाई कोरोना संक्रमण भैसकेको, २० जना उपचारत रहेको र २० जना उपचारपछि घर फर्कि सकेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । हाल धनुकटामा संक्रमितहरुको धनकुटा–६ औधोगीक ग्राममा रहेको आइसोलेन कक्षमा राखेर उपचार भैरहेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज भण्डारीले जनाकारी दिएका छन् ।

पछिल्लो पटक भिआईपीहरुबाटै कोरोना संक्रमण फैलिन थाले पछि स्थानियवासीमा भने त्रासको वातवरण छाएको छ । ठूलावडालाई लकडाउन पनि नलाग्ने, जताभावी हिड्ने आफू अनुकुल कार्यक्रमहरु गर्ने गरेको कारण सर्वसाधरणलाई धनकुटामा कोरोनाको त्रास फैलिएको स्थानिय युवा व्यावसायी तुलसी बाह्रकोटीले गुनासो गरे ।

लकडाउन भनेर सर्वसाधरणलाई घरमा थुनेर सांसद, मन्त्री, सुरक्षा निकायका जिम्मेवार व्याक्तिहरु गह्रै जिम्मेवार हुँदा धनकुटामा दिनप्रतिदिन कोरोनाको संक्रमण वढेको होटल व्यावसायी गोरख कट्वालले वताए । उनले लकडाउनले गर्दा व्यापार व्यावसाय चौपट भएको गुनासो गरे । लामो समय देखी लकडाउन भैरहँदा आमसर्वसाधरणको जनजिविकामा भने दिन प्रतिदिन चुनौती थपिदै गएको धनकुटा–७ हुलाकटोलका पाथिभरा पुस्तक पसलका प्रोपाईटर विक्रम कार्कीले बताएका छन् ।