भद्रपुर । झापाको भद्रपुरमा साढे तीनसय विभिन्न जातका विरुवा रोपिएको छ । भद्रपुर ५ मेची नदीको किनारमा र भद्रपुर ८ को चन्द्रगढी एयरपोर्टमा वृक्षारोपण गरिएको हो ।
मेची किनारमा गुलमोहर र राजवृक्ष जातका २ सय विरुवा रोपिएको छ । त्यसै गरी चन्द्रगढी एयरपोटर्मा सोहि जातको १ सय ५० विरुवा रोपिएको हो ।
रोटरी क्लब अफ भद्रपुर, रोट्रयाक क्लब अफ भद्रपुरको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको प्रेसिडेन्ट नोमोनि विगत ओझाले जानकारी दिए ।
कार्यक्रममा रोट्रयाक अध्यक्ष गिरीस शाक्य र रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष आदित्य पराजुलीको सभापतित्व तथा वडा न ५ का वडा अध्यक्ष वन्धु कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।