झापा/ झापाकोअर्जुनधारा नगरपालिका भएर बग्ने विरिङ र टाङ्टिङ खोलामा आएको बाढीले नगरका विभिन्न स्थानमा क्षती पुर्याएको छ ।
गत मंगलबार राती मेघगर्जनसहित परेको पानी र हावाका कारण आएको वाढीले नगरका विभिन्न स्थानमा क्षती पुर्याएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए । बाढीले नगरका बाटा, पुल, विजुलीका पोल, नहर, स्थानीयको घर समेतमा क्षती पुर्याएको नगर प्रमुख रानाले बताए ।
बुधवार नगर प्रमुख राना, उपप्रमुख कमला आचार्य खतिवडा विपत समितिका संयोजक लक्ष्मी तामाङसहितको टोलीले वाढीले पुर्याएको क्षेत्रको अनुगमन गरेका थिए् ।
नगरको वडा २ स्थित गाजाबारीमा ७ वटा विजुलीका पोल ढलेका छन् भने स्थानीय देवेन्द्र रोक्काको घर रुख ढल्दा किचेको बताइएको छ । त्यसैगरी वडा नं. १ मा नहर भत्काएको र वडा नं. १ र २ का वाटोलगायतमा क्षती पुर्याएको बताइएको छ ।
आकाशमा कालो बादल मडारिन थालेपछि त्यस क्षेत्रका स्थानीय बिरीङ तथा टाङ्टिङ नदीमा आउने बाढीको त्रासले रातभर अनिदै बस्ने गरेको स्थानीय मदन वरालले बताए । वरालका अनुसार बाँध भत्काई पानी मानव वस्तीसँगै खेतीयोग्य जमिनमा पस्ने चिन्ताले उनीहरु अनिदै बस्ने गर्छन् ।