सुन्दरहरैचा ।  बिराटचोकका स्थानिय युवाले संञ्चालन गरेकाे फुड बैंक कार्यक्रम सम्पन्न भएकाे छ । पछिल्लाे समय स्थानिय सरकार तथा जिल्ला प्रसासनद्वारा गरिएकाे निषेधाज्ञा तथा लकडाउनकाका कारण 

समस्यामा परेका मजदुर तथा विपन्नकाे सहयाेगकालागी  स्थानिय युवाहरुद्वारा भदौ ११ गतेबाट संचालित फुड बैंक भदौ १६ गते सम्म संचालन रहेकाे थियाे । युवाहरुको अगुवाइमा संञ्चालित उक्त फुड बैंकमा नगरका विभिन्न व्यक्तिहरूले सहयाेग गरेका थिए । 

उक्त फुड बैंक मार्फत ५ सय बढि परिवारलाई २५०० केजी चामल,२५० केजी दाल,५०० केजी नुन र १३० केजी सोयाबिन  राहत सहयाेग गरिएकाे कार्यक्रमका संयोजक युवा राजिब रिमालले बताएका छन् । 

उनले यस्तो जटील समयमा रोगले भन्दा पनि भोकले मर्ने स्थिति भएकालेे हामी साथीभाइ बिच सल्लाह भई नगरका सबैजनासग सहकार्य गरी उक्त कार्यक्रम सम्पन्न भएको गरेकाे बताउदै आउदो दिनमा आवश्यक परे फेरी संचालन गरिने ले बताए ।