बराहक्षेत्र ।  बराहक्षेत्र नपा वार्ड नम्बर ५ एकता टाेल निवासी  मृगौला पीडित निरोज अधिकारी बचाउ अभियानमा सहयोग रकम आउने क्रमको तिव्रता यथावतै रहेको छ । जापानमा बस्दै  नेपालीहरुले संकलन गरेको रकम हिजो १५ गते सोमबारको दिन १ लाख १७ हजार ८० रुपैया रकम हस्तान्तरण गरिएको छ ।
 
कन्चनपुर वार्ड नम्बर १६ बस्नतपुरका हाल जापानमा कार्यरत मनोज कटुवाल र बराहक्षेत्र ५ एकता टाेल निवासी सरस्वती बस्नेतको नेतृत्वमा संकलन गरिएकाे रकम आमा  गंगा बस्नेतकाे नाममा  पठाएको बस्नेतले बताएकी छिन । साे रकम  मृगौला  पिडित अधिकारीलाइ हस्तान्तरण गरिएको  अभियानमा सहयोग पुर्याइरहेका कृष्ण ढकालले जानकारी दिएका छन् । 
 
बस्नेतले कामकाे व्यस्ताका बाबजुतपनि फाेनबाटै आफ्नो मातहतमा रहेको साथीहरूसंग रकम संकलन गरेकाे बताएकी छिन् । उनले आवस्यकता परे फेरि पनि हामीले आर्थिक सहयोग गर्न तयार रहेकाे पनि बताइन् ।
 
सहयाेग रकम बुझ्दै पिडितकी श्रीमती रंजिता लम्साल अधिकारीले दाताहरूलाइ धन्यबाद ज्ञापन गरेकिछिन् । हस्तान्तरण कार्यक्रममा उनले आफ्नो श्रीमानको लागि आफू एउटा मृगौला दिन तयार रहेको पनि बताइन् ।
 
साथै हालसम्म २ लाख २० हजार खर्च भएको पारिवारिक श्रोतले जनाएका छन् । भने अहिलेसम्म ११ लाख भन्दा बढि रकम उठि सकेको परिवार स्राेतले जानकारी दिएकाे छ । डक्टरकाे भनाइ अनुसार उपचार गर्न जम्मा २० लाख भन्दा बढि लाग्ने भएकोले हामीलाई थप १० लाख जति रकमकाे आवस्यकता रहेको छ । 
 
सहयोग गर्न चाहनेहरुले सहयोगका लागि बैक खाता न . श्रीमति रन्जिता लम्साल र अभियान कर्ता सृजना लामिछानेको नाममा रहेको प्रभु बैंकको खाता न .1870152290600016,
बुवा केशब अधिकारी र अभियान कर्ता लक्ष्मी रेग्मीको नाममा रहेको प्रभु बैकको खाता न 19870138260300016  वा सम्पर्क नम्बर केशब अधिकारी ( बुवा ) 9810444834 र रन्जिता लम्साल 9813037723 मा सम्पर्क गर्न सकिने अभियान्ता सृजना लामिछानेले बताएकी छिन ।