ब्लाष्टखबर । काेराेना संक्रमित आमा छाेराकाे मृत्यु भएपछि धरान १७ काे रेल्वे चाेक शिल गरिएकाे छ । हिजाे साझ अत्याधिक खाेकी, ज्वराे तथा स्वास्प्रस्वासमा समस्या भएपछि उपचारकालागी बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान पुगेका आमाछाेरामा काेराेना संक्रमय पुष्टि भइ आज बिहान दुबैकाे मृत्यु भएपछि रेल्वे चाेकबाट ३ सय मिटर पश्चिम तथा उत्तरमा ससस्त्र प्रहरीकाे बाक्लाे उपस्थिति सहित उक्त क्षेत्रमा बाहिरका मान्छेलाइ रेल्वे चाेक आसपास जना राेक लगाइएकाे उपमहानगरका स्वास्थ महाशाखाका प्रमुख उमेश मेहताले बताएका छन् ।
मेहताका अनुसार संक्रमित मृतकाे परिवारका सदस्यमापनि ज्वराे देखिएपछि र चाेकमा उच्च भिडभाड हुने गरेकाेले अरूमापनि संक्रमण भएकाे आशकांमा शिल गरिएकाे हाे ।
' संक्रमित मृतककाे परिवारका अन्य सदस्यलाइ पनि ज्वराे देखिएकाे छ । ५ जनामा ज्वराे देखिएकाेले त्यहाँ अरूलाई संक्रमण भएकाे हुन सक्ने भएकालेपनि त्यहाँ शिल गरिएकाे छ । ' मेहताले भने । उनले यसअघि छाेरी, आमा र शाशुमा संक्रमण देखिएकाे परिवार र मृतकका परिवार विच उच्च आवत जावत हुने गरेकाे देखिएकाे बताएका छन् ।
उनका अनुसार शिल गरीएकाे स्थानमा कसैलाइपनि घरबाट बाहिर निस्कन नदिएकाे छैन ।