ब्लाषटखबर । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे कोभिड १९ अस्पतालमा धरान १७ का काेराेना संक्रमित आमाछोराको मृत्यु भएकाे छ ।

रेल्वे चोकका संक्रमित आमाछोराको ४५ मिनेटकाे अन्तरमा ज बिहान मृत्यु भएकाे हाे । मृत्यु हुनेमा  ७४ वर्षीय आमा र ६० बर्षीय  छाेरा रहेका १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बताएका छन् । 

शनिबार साझ ८ : ३७ बजे १ हप्ता देखी ज्वराे, अत्यधिक खोकी र  श्वास फेर्नमा समस्यालिएर गम्भिर अवस्थामा आमालाई प्रतिष्ठानमा भर्न गरिएकाे र त्यसकाे करिब २५ मिनेकाे अन्तरालमा साेहि समस्या रहेका छाेरा भर्ना गरिएकाे प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताएका छन् । उनका अनुसार दुबैमा आजै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । आज बिहान साढे ८ बजे मृत्यु ७.४५ बजे छाेराेकाे मृत्यु भएकाे र ८.३० बजे आमाकाे मृत्यु भएकाे सापकोटाले बताएका छन् ।

सापकाेटाका अनुसार  ७४ वर्षीय आमा मधुमेह , उच्च रक्त चापकाे दिर्ग राेगी हुन् भने,  ६० बर्षीय  छाेरामा  मधुमेहको समस्याका साथै २ महिना देखि कलेजोमा पनि  समस्या देखिएको थियाे ।  मृतक दुवैको शवको व्यवस्थापन नियमानुसार भइरहेको सापकाेटाले बताएका छन्  ।