ब्लाष्टखबर  । नेकपा उपाध्यक्ष वामदेव गौतमद्धारा रचित  गीत“यो बुद्ध भूमि” भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीतलाई प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

गौतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रीपाठी र अंजना गुरुङलगायतको स्वर रहेको छ । दीर्घ गुरुङले खिचेको गीतकाे भिडियाेलाई जीवन थापाले सम्पादन गरेका छन् ।

गीतकार गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरि गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । जसमा सार्वजनिक भएका गीतहरु र हुन बाँकी सबै समावेश गरिएको छ । विशेष त गीतहरु राष्ट्रिय भावहरुले भरिएका शब्दहरुमा बढि रचित छन् ।

त्यस लगायत कला साँस्कृतिक, सामाजिक र आर्थिक उन्नतीका लागि पनि रचित गरिएको छ । राजतन्त्रको अन्त्य पछि उदय भएको लोकतन्त्रको शुरुवाटमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोजियो । जसको लागि साहित्यकार मोदनाथ प्रश्रित निर्णायक समितिमा रहेका थिए ।

उक्त प्रतिष्पर्धाको लागि गौतमले पनि “प्राण प्यारो देश नेपाल” बोलको गीत लेखेर पठाएका थिए । तर, उक्त गीत छनौटमा भने परेन ।