इटहरी । माउण्ट एभरेष्ट वाइनरीको उत्पादन ‘प्रिन्सेस’ वाइन बजारमा आउँने भएको छ । धनकुटाको किबी फलबाट उत्पादन भएको वाईन लकडाउनकै बीच बजारमा लौजाने तयारी गरेको हो ।

पूर्वी पहाडी जिल्लामा उत्पादन भएको किबीफल सँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरेका छौं,’कम्पनीका प्रवन्धनिर्देशक विष्णु बास्तोलाले भने । केहि दिनमै नेपालको प्रमुख सहरहरु सँगै नेपाली बजारमा वाइन र्पुयाउन लागिएको छ ।
उत्पादनको काम सबै सकिएको र बजारमा लौजान मात्र बाँकी रहेको बास्तोला बताउँछन ।

लकडाउनको कारण हामीले उत्पादन गरेको वाईन बजारमा लौजान सकेको थिईनौ उनले भने । हामी अब केहि दिनमै वाईन बजारमा लौजादै छौ उनले भने । नेपाली युवायुवतीलाई लक्षित गरि उत्पादन गरेको वाईन अन्यवाईन भन्दा फरक रहेको कम्पनीले बताएको छ ।

किबी र धनकुटामै उत्पादन भएको फलफूलबाट बनाइएको अर्गानिक प्रिन्सेस वाईनको पूर्वी नेपाल सँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा मध्य पश्चिमाञ्चल क्षेत्रसम्म बजारीकरण तीब्र बनाईने कम्पनीले जनाएको छ । नेपालको प्रमुख सहरहरुमा व्यापार केन्द्रित गर्दै जापान सम्म लौजाने तयारीमा छौ उनले भने ।

धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएसँगै स्थानीय कृषक लाभान्वित भएका छन । रातो र सेतो वाईन बजारमा लौजाने तयारी भएको कम्पनीका अध्यक्ष हरेराम साहले बताए । हाम्रो वाईन नेपाली युवायवतीले मात्र नभई विदेशीले पनि मन पराउँछ उनी भन्छन् ।

पहाडी क्षेत्रमाम  उत्पादित सबै आर्गनिक फलफूललाई पहिलो प्राथमिकता दिएर उत्पादन गरेको वाईनको बजारमा लौजाने अन्तिम तयारी भएको कम्पनीले जनाएको छ । लकडाउनको कारण उत्पादन भएको वाईन बजारसम्म पुर्याउन केहि ढिला भएको भन्दै तत्काल बजार लौजाने तयारी गरेको हो ।