धरान / स्थानीय युवा व्यवसायीहरुले धरान–६स्थित पानवारमिा बधशाला निर्माण गरेका छन् । ६० लाखको लगानीमा निर्माण गरिएको लगानीकर्ता मध्यका मदन तामाङले जानकारी दिए ।
४ जना युवा व्यवसायीहरुको लगानीमा ६० लाख खर्च गरेर भने बधशाला निर्माण गरिएको हो । यही असोज १ गतेदेखि पूर्ण रुपमा संचालनमा ल्याउने गरि निर्माण गरिएको अर्का लगानीकर्ता जेन्टल लावतीले जानकारी दिए ।
१ विगाह १२ कठ्ठा जग्गामा बनाइएकोबदशालकालगानीकर्ताहरु मदन तामाङ, ईन्द्र फोम्वो, सुमन चोम्जोङ र जेन्टल लावती रहेका छन्। उनजीहरुले सोजग्गाभाडामालिएरशुरु गरेको बुधबार पत्रकारसम्मेलन गरि जानकारी दिएका छन ।
धरान उपमहानगरपालिकाले हालसम्म एउटा बधशाला बनाउन नसकिरहेको बेला उनीहरुले नीजि लगानीमा धराने जनतालाई स्वस्थकर मासु खुवाउन स्तरिय बधशाला बनाइएको उनीहरुको भनाई छ ।
युवा व्यवसायी तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर जोनका सह–संयोजक समेत रहेका मदन तामाङका अनुसार बधशालामा उतपादन भएको मासुजन्य पदार्थको देशभरी नै उत्पादन पु¥याउने तथा युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको सुनाए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर जोनको १५ लाख आर्थिक सहयोगमा निर्माण भएको बधशालामा धराने कालो बंगुरको ब्राण्डलाई समेत स्थापित गर्दै लगिने तामाङको भनाई छ ।
सरकारले बराहक्षेत्र नगरपालिका र धरानलाई बंगुर जोनको रुपमा घोषण गरि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत लगानी गरेको छ । धरानको कालो बंगुर नेपाल मै परिचित छ । धरानको परिचयलाई ब्राण्डिङ गरि बंगर उत्पादनलाई प्रोत्सोहान गरिने पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर जोनका सह संयोजक तामाङ बताउछन् ।