• सन्देश किराती

भोजपुर / जिल्लामा तरकारीको भाउ आकासिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाए पछि भोजपुरमा तरकारीको भाउ आकासिएको हो ।

सदरमुकाममा बुधवार र शनिबार लाग्ने हटिया बन्द गरेर अन्य जिल्लाबाट तरकारी आयतमा रोक लगाउने निर्णय गरिएसँगै तरकारीको भाउ महगो भएको उपभोतmाले बताएका छन । कोरोना संक्रमण फैलिन नदिन हटिया बन्द गर्ने निर्णय भए पछि गोल भेडा(टमाटर)को मुल्य प्रति केजी २ सय ५० रुँपैयासम्म पुगेको तरकारी व्यावसायी ऋषिधन राईले बताए ।

विगतमा सय रुँपैयासम्म गोलभेडाको मुल्य पुगेको स्मरण गर्दै राईले भने –‘यस पटक भाउ अचाक्ली बढ्यो, यस अघि भारत र तराईका जिल्लाबाट तरकारी ल्याउदा ३० देखि ४० रुपैयामा गोलभेडा बिक्री हुने गरेको थियो ।’ यस्तै आलु, प्याज, कोभी, सिमी, खुर्सानीलगाएत तरकारी तथा फलफुलको भाउ पनि मंहगो भएको स्थानिय तीर्थबहादुर तामाङले गुनासो गरे । ‘बंगुरको मासु र गोल भेडाको भाउ बराबर भएछ, गोेल भेडाको साटो मासु नै खाने हो ।’–उनले भने । जिल्लामा अहिले आलु ८० र प्याज ७० रुँपैया प्रति केजी बिक्रि भैरहेको छ । अकबरे खुर्सानी भने प्रति केजी दुई सयमा बिक्रि हुने गरेको व्यापारीले बताएका छन् । यता तरकारीको भाउ आकासिए पनि प्रशासनले भने तत्कालका लागि जिल्ला महगीका विषयमा केही प्रतिक्रिया दिएको छैन् ।