धरान । एउटा चस्मा २ सय ५५ करोडमा बिक्री भयो भन्दा पत्यार नलाग्ला ! तर, अमेरिकाका एक व्यापारीले २ सय ५५ करोड खर्च गरेर चस्मा खरिद गरेका छन् ।

यति महँगो मूल्यमा बिक्री भएको चस्मा अरू कसैको नभई महात्मा गान्धीको ऐतिहासिक चस्मामा ती व्यापारीले सो मूल्य हालेका हुन् । केही दिनअघिदेखि उक्त चस्मा बिक्रीका लागि राखिएको थियो । बीबीसी हिन्दी सेवाका अनुसार ब्रिस्टल आक्सन्स नामक लिलामी एजेन्सीले महात्मा गान्धीको चस्मा २ सय ५५ करोडमा बिक्री गरेको हो । यो चस्मा अमेरिकाका एक कलेक्टरले खरिद गरेको उसले जनाएको छ । ब्रिस्टललाई यो चस्मा अगस्ट ३ तारिखका दिन अज्ञात व्यक्तिले सामान्य चिठ्ठीपत्रमा छाडेको अवस्थामा फेला परेको थियो ।

एजेन्सीका एन्ड्र्यू स्टोले चिठ्ठीमा फेला पारेको समयमा नै १४ लाख रुपैयाँभन्दा बढीमा बिक्री हुने अनुमान लगाएका थिए । जुन कम्पनीको लागि इतिहासमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने अनुमान गरेको थियो । बिक्रीबाट प्राप्त रकम ब्रिस्टलले आफ्नो छोरीसँग बाड्ने छन् ।

ब्रिस्टललाई यो चस्मा उनको बाजेले प्रदान गरेका थिए, जतिखेर बाजे दक्षिण अफ्रिकामा काम गर्दै थिए । उनको बाजे सन् १९१० देखि १९३० सम्म दक्षिण अफ्रिकामा कार्यरत थिए । एन्ड्र्यू स्टोका अनुसार करिब ५० वर्षदेखि चस्मा त्यसै आलमारीमा बन्द अवस्थामा रहेको थियो । किनकि चस्माको कुनै मूल्य नभएको भन्दै त्यसै फ्याक्न खोजिएको थियो । तर, अहिले यतिधेरै रकम प्राप्त भएपछि उनको जिन्दगी नै बदलिने अनुमान गरिएको छ । ‘चस्माका असली धनी जो व्यक्ति हुन्, उसका लाग यो बिक्री खुसीको कुरा हो, किनकि ती व्यक्ति यो बेला एकदमै समस्यामा परेका होलान्, यो रकमबाट उनलाई धेरै मद्दत मिल्नेछ’–स्टो भन्छन् ।

उनले थपे,–‘मलाई खुसी छ कि गान्धीको चस्माले नयाँ ठेगाना प्राप्त गरेको छ । यो काममा म मद्दतकार बनेँ, यो बिक्री मेरा लागि पनि नयाँ रेकर्ड हो । किनकि ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण पनि हो ।’