ब्लाष्टखबर । बीपी  स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र थप १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

संक्रमितहरू मध्ये २ जना नर्स १ जना हेल्पर र १ जना सेट्रलल्याबका कर्मचारी रहेका छन् भने २ जना कर्मचारीका परिवार रहेका छन् ।

अन्य  ४ जना कन्ट्याकट्रेसिङका  आधारमा प्रतिष्ठान भित्र स्वाब संकलन गरिएकामा काेराेना संक्रमण देखिएकाे हाे भने उपचाररत २ जना बिरामी रहेकाे प्रवक्ता डा.निदेश सापकोटाले बताएका छन् ।

कन्ट्याकट्रेसिङका आधारमा स्वाब संकलन गरी संक्रमितहरू एन्फा क्वारेन्टाइनमा राखिएकाे थियाे ।