• रमेश थापा 

पाँचथर ।  पाँचथरको सुख्खाक्षेत्र तुम्बेवा गाउँपालिकाको वृहत तमोर खानेपानी योजना कछुवा गतिमा अघि बढेको छ । भौगोलिक अवस्था र उपभोक्ता समितिको गठनको कारण देखाउँदै निर्माण कम्पनीले योजनाको काम लम्ब्याउँदै लगेको हो । २०७४ साल पुस देखि २०७६ साल असारसम्ममा योजनाको काम पूरा गर्ने गरी कनकाइ पे्ररा जेभीले ठेक्का लिएको थियो । कुल ४५ करोड, २० लाख, १ हजार ४४६ रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीले पुन १३ महिनाको म्याद थप गरी काम गर्दै आएको छ । पछिल्लो समयमा कोरना भाइरस र वर्षादको कारण देखाउँदै निर्माण कम्पनीले योजनाको काम स्थगित गरेको तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष देबेन्द्र खत्रीले बताए ।

निर्माण कम्पनीले तमोर नदिबाट १३ सय ४५ मिटरको उचाहीको बस्तीमा पानी लिफ्ट गर्न १० वटा ट्याङकी, १४ वटा पम्प ११ वटा गाड र प्राविधिक हाउस निर्माण गरेको छ । योजना सुरु भएको लामो समयपछि उपभोक्ता समिति गठन हुनु, कोरना भाइरस र निरन्तरको वर्षादले योजनाको काम प्रभावित भएको निर्माण कम्पनीको दावि छ । खानेपानीको समस्या भएको आङ्ना र मौवाका १६ सय घरधुरीलाई लक्षित गर्दै सुरु भएको योजना सुस्त हुदा स्थानीयवासी निराश भएका छन ।
उपभोक्ताले योजनाको १० प्रतिशत जनश्रमदान मध्ये ९ प्रतिशत जनश्रमदान गर्न बाँकी छ । बितरणलाइनको १ सय १० किलोमिटर मध्ये ३४ किलोमिटरको काम उपभोक्ताले गर्नुपर्ने हुन्छ । जस मध्ये उपभोक्ता २५ किलोमिटर जनश्रमदान गर्न बाँकी रहेको छ । गाउँपालिकावासीको आशा र भरोसाको योजना सोचे अनुसार अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । योजनाको काम लम्बिदा नागरिकमा निराशा छाएको छ । यो बिषयमा गाउँपालिकाले पनि समन्वय गर्दै आएको छ । थापाले भने, आयोजनाको काम अघि बढाउँन उपभोक्ता समिति र सम्बन्धित निकायले थप सकृयता बढाउँनुपर्छ ।

निर्माण कम्पनीले हालसम्म ७० प्रतिशत काम पूरा गरेको छ । मुख्य पाइपलाइन र बितरणलाइनको केही काम गर्न बाँकी छ । थपिएको समयअवधि भित्रै योजना पूरा गर्ने लक्ष्य अनुरुप काम भइरहेको निर्माण कम्पनीको दावि छ । यता सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना इलामले पनि लक्ष्य अनुसार काम हुन नसकेको बताएको छ । कार्यालयका डिविजन प्रमुख बिपुल दासले योजनाको काम केही ढिलो भएको छ । कोरना भाइरस र वर्षादको कारण यस्तो भएको हो । तर थपिएको समयमा जसरी भएपनि योजना सम्पन्न गर्नुपर्ने गरि निर्देशन गरेका छौ । यो बिषयमा उपभोक्ता समिति र सम्बन्धित ठेकेदार कम्पनीलाई जानकारी गराएका छौ । उनले भने ।

तुम्बेवाबासीको एक मात्र दीर्घकाली योजना भनेकै तमोर लिफ्ट खानेपानी योजना हो । काकाकुल अवस्थाका नागरिकलाई समयमै खानेपानीको पहुँचमा पु¥याउँन सम्बन्धी सबै पक्षले ध्यानदिएर लाग्न सरोकारवालले बताएका छन् ।