ब्लाष्टखबर/ धरानमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान-९ घर भएका २३ बर्षीय एक युवामा कोरोना संक्रमण भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

उनले केही दिन अगाडी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेक्समा परीक्षणका लागि स्वाब दिएको थियो । उनी रामधुनीस्थित औराबोनीमा काम गर्दै आएका थिए ।