धरान / धरानमा दुधकोकालो बजारी हुन थालेको छ । उमपहानगरपालिकाले घोषणा गरेको कडा लकडाउनको कारण छिमेकी नगर, जिल्लाबाट दुध आयात गर्न पनि नपाउदा धरानमा दुधको अभावसँगै कालोबजारी हुनथालेको हो । धरानमा दुघको माग अत्याधिक भए पनि बाहिरबाट आउन बन्द भए पछि अभाव भएको हो । धरानमा रहेका एकमात्र डिडिसीको दुध मोका छोपी बढीमूल्यमा विक्रि हुने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
प्रति आधा लिटरको ३८ रुपैयामा पाइने दुध धरानमा ५०/५५ रुपैयामा बेचेर ब्रहमलुट गरेको धरान–१४ का स्थानीय प्रेमप्रसाद पराजुली बताउछन् ।

धरानमा दुधको अभावमा भए पछि ५५ रुपैयाहालेर किन्न वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानका डा अरुणकुमार सिंह ५ किमी टाढा सिद्धकाली चोकमा पुगेर लाइन लागेर लिने गरेको बताए । धरानपालिकाको नेतृत्वले बजार अनुगमन नगरेर लकडाउन मात्र गर्ने तर जनताको समस्याबारे चिन्तित नहुदा झन समस्या भएको पराजुलीको भनाई छ । उपमहानगरपालिकाका मेयर उपमेयरले यस विषयमा गम्भीर ध्यान पु¥याउन उनले आग्रह गरेका छन् ।