दमक । हातमा सिप छ र त्यो सिपलाई  व्यवसायीक बनाउन  सक्यो भने सफलता  हाँसिल गर्न कहि भौतारिनु पर्दैन । यो कुरालाई चरितार्थ गरेका छन्  दमकका देवनारयण घिमिरेले ।

अरुको घरमा  बसेर काम गर्दै पढेका  घिमिरेले  पढाईमा त खासै सफलता हाँसिल गर्न सकेनन् तर उनले सिकेको सिपले भने अहिले उदाहरणीय  सफलता  प्राप्त गर्न सफल भएका छन् ।  

झापाको  शिवसताक्षी नगरपालिका  डुडामारी पुर्खौली घर हो घिमिरेको । उनी २०६० साल देखी दमक बसेका हुन । घरमा आर्थीक अवस्था कमजोर भएका कारण उनी आफन्तको घरमा आवश्यक काम गर्दै पढ्न भनेर घरबाट काँकरभिट्टा गएका थिए ।  

घरमा ५ कक्षा सम्म मात्र पढ्नु भएका उहाँले त्यसमाथीका कक्षा पढ्न घरबाट सम्भव नभएपछि  दिदि भिनाजुको घरमा  घरायसी काम गर्दै पढ्न भनेर उनी त्यहाँ गएका हुन । तर पढाईमा खासै समय दिन नसकेपछि उनले पढाईलाई  १० कक्षामै पूर्ण बिराम लगाए ।

त्यसैबेला उनले २०५५ साल तिर काँकरभिट्टामा  अटो मोवाईल सम्बन्धीको  मेकानिकको काम सिके । २ वर्ष सम्म  बिना पैसा उनले  सहयोगीको रुपमा  त्यहाँ राजन कार्कीको ग्यारेजमा काम गरे । काँकरभिट्टामा काम सिकेपछि उनी विर्तामोडको अर्विनको ग्यारेजमा काम गर्न पुगे । काँकरभिट्टामा २ वर्ष बिना पैसा काम गरे पनि  विर्तामोड चाहि मासिक ज्यालादरीमा काम गर्न थाले ।

जुन उनको जीवनकोा पहिलो कमाई थियो ।  मासिक ३ हजार रुपैँयामा उनले काम सुरु गरेका हुन ।  हेड मिस्त्रीको सहयोगी भएर काम गरेपछि  त्यसको २  वर्ष पछि आफै हेड मिस्त्री बने । काममा ध्यान दिने र आफुभन्दा जान्नेले भनेको टेर्ने र इमान्दार भएका कारण उनी सहयोगीबाट मिस्त्री बनेका हुन ।  उनको पोष्ट बढेसँगै तलव पनि बढ्यो । अर्थात  ३ हजार बाट बढेर मासिक ५ हजार पुग्यो ।

deb narayan  (1)

 १ वर्ष हेड मिस्त्री भएर   विर्तामोडमै काम गरेका पौडेल त्यसपछि दमकमा आएर काम गर्न सुरु गरे । २०६० सालमा दमकमा आएका उनले दमकका बिर बहादुर आंदाम्बेको गृल उद्योगमा आफै अटो मेसिन सम्बन्धीको मिस्त्री भएर काम सुरु गरे । यहाँ  डिजल सम्बन्धीका सवारी साधानहरु बनाउन आउने बाट प्राप्त हुने आम्दानी उहाँको आफ्नै हुन थाल्यो ।

त्यसका लागि आवश्यक पर्ने सामान्य उपकरणहरु उहाँले आफैले जोडे ।   पछि त्यहि उपकरणको मद्यतले काम गर्दै जाँदा  उहाँलाई अहिले करोडपति बनाइदिएको छ ।

अरुको घरमा काम गर्दै  पढ्दै र सिप सिकेर त्यहि सिपले उनलार्ई सफल बनाएको छ । अहिले उनीसँग दमकमा नै पहिलो पटक  २ वटा क्रेन, एउटा आफ्नै  अटो ग्यारेज, एउटा ट्रिपर  र अढाई तले घर पनि छ । सबै सम्पत्ती उनको सिप र मिहनतले नै प्राप्त भएको हो । त्यसैले त उनी भन्छन्  सिपले मान्छेलाई सफल बनाउँछ । तर त्यसमा आफ्नो लगाव र  झुकाव चाहि हुन पर्यो । निरन्तर्ता दिन सक्नु पर्यो ।

deb narayan  (2)

हिजो उनले  मासिक ३ हजारबाट काम सुरु गरेका थिए । अहिले  न्यूनमत  १५ देखी  ५० हजार सम्म  तलव लिने  ५ जना कामदार त उनीसँग छन् ।  अहिले उनलको मासिक कमाई न्यूनतम ३ लाख ५० हजार देखी ४ लाख सम्म हुने गरेको छ ।

त्यसैले आफुभित्र भएको सिपको पहिचान गर्न सक्ने हो र त्यसलाई व्यवसायीक रुपमा  प्रयोग गर्न सक्नु पर्छ । धैर्यता र विस्वासका साथ सिपको प्रयोग गर्ने हो भने सफलता प्राप्त गर्न   धेरै समय नै लाग्दैन । उनको भनाई छ ।