धरान/ एलजी कम्पनीको एआईडीडी टिएम मोटर भएको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा भित्र्याएको छ ।
हालैको प्र्रविधिजडित मेसिनमा कपडाको तौलसँगै कोमलता, नाजुकताजस्ता विशेषता पत्ता लगाउने क्षमता पनि रहेको छ । यो मेसिनमा कपडाको गुणस्तर पनि १८ प्रतिशत सुरक्षित हुन्छ ।
‘बिग डाटा विथ डिप लर्निङ’ उपयोग गरेर कपडा धुने कम्पनीले जनाएको छ । स्टिम टिएम प्रविधि रहेकाले कपडाको रेसा–रेसामा प्रवेश गरेर शतप्रतिशत किटाणु नष्ट गर्ने दाबी गरेको छ । त्यस्तै ३० प्रतिशत कपडालाई खुम्चिनबाट सुरक्षित गर्ने जनाइएको छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तथा तौल ब्यालेन्सरको मद्दतले रिञ्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पनमुक्त गर्ने कम्पनीको दाबी छ । नेपालमा एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।