सुनसरी/ नेपालमा एनर्जी ड्रिङ्क्सको मागलाई पूर्ति गर्ने उद्देश्यसहित सञ्चालनमा आएको रिलायवल फुड एण्ड बेभरेजका उत्पादनहरूको माग बढ्दो रहेको छ ।

उद्योग सञ्चालकका अनुसार गुणस्तरीय उत्पादन भएका कारण बजारमा माग बढ्दो छ । उद्योग सञ्चालकका अनुसार गाईको दूधबाट तयार गरी रिलायवल चक्र र किमु ब्राण्डको बदाम ड्रिङ्क्स उत्पादन हुँदै आएको छ ।

स्वदेशी उत्पादन किसानको शान, शुद्ध गाईको दुग्ध, गुणस्तरीय बदाम भन्ने नारा सहित उत्पादन गरिँदै आएको बदाम जुसको माग नेपाल अधिराज्यभर रहेको पनि जनाइएको छ । नेपालमा एनर्जी ड्रिङ्कको मागलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमा दिनहुँ उत्पादन हुने गाईको दूध प्रयोग गरी स्वदेशी लगानीमा नेपालमै पहिलो पटक रिलायवल फुड एण्ड बेभरेजलले बदाम ड्रिङ्क्स उत्पादन गरेको कम्पनीको दाबी छ ।

दूध र बदामको सम्मिश्रणबाट तयार हुने रिलायवल चक्र बदाम ड्रिङ्क्सको सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको विकास हुने कम्पनीका अध्यक्ष अशोक साहले बताए । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकोले कोरोनाको सङ्क्रमणबाट बच्नका लागि पनि सहयोगी हुने कम्पनीको दाबी छ ।