इटहरी ।  इटहरी उपमहानगरस्थित खनारबाट सञ्चालन हुने एक उद्योग घेराउ गरी नारावाजी गरेका छन । स्थानिय र प्रहरीबिच सामान्य झडप भएको छ । 
सुनसरी मोरङ औद्योगिक करिडोर भित्र सञ्चालन हुदै आएको इटहरी उपमहानगरपालिका १३ खनारस्थित अरिहन्त अटो कोर्गेसन उद्योगको प्रदुषणले स्थानीयमा नकरात्मक असर  परेको भन्दै केहि दिन देखि स्थानिय आन्दोलित छन ।

सो उद्योगबाट निस्किएको प्रदुषणका कारण वर्षौदेखि पिडित बन्नुपरेको भन्दै उद्योगबिरूद्ध इटहरी उपमहानगरपालिका १३ खनारस्थित ग्रामथान टोलका स्थानीयहरू शुक्रबार प्रर्दशन गरे ।

उद्योग परिषरमा भेला भइ प्रदुषण नियन्त्रण गर्नुपर्न अन्यथा उद्योग नै बन्द गर्नुपर्ने जस्ता माग राख्दै नाराबाजी गरेका छन ।

उद्योगबाट निस्किएको रसायनयुक्त फोहर पानी र गन्धका कारण आफुहरू बिरामि पर्नुका साथै चौपायालाइ समेत  समस्या भएको स्थानिय रामनाथ चौधरीले बताए । 

यता क्षेत्र वडाध्यक्ष शिवनारायण चौधरी पनि उद्योगको प्रदुषणले हैरानी खेप्नु परेको बताउँछ्न । उद्योग प्रसाशनलाइ पटक पटक प्रदुषण नियन्त्रण गर्न अनुरोध गरेपनि अटेर गरिदिएको कारण अहिले समस्या आएको वडाध्यक्ष शिवनारायण चौधरीले बताए ।

उद्योगबाट निस्किएको प्रदुषणकै कारण स्थानीयहरूको स्वास्थ्यमा नकरात्मक असर परेको पनि देखिएको छ । बालबालीकाहरूको शरिरमा रातो फोका , डाबर र जिउभरी खटीरा आएको आएको स्थानियले गुनासो गरेका हुन ।

सोहि क्रममा  स्थितिलाइ नियन्त्रणमा लिन खोज्दा सामान्य झडप हुन पुगेको इलाका प्रहरी कार्यालय इटहरीका  इन्स्पेक्टर मानबहादुर श्रेष्ठले जानकारी  दिए ।उद्योग प्रसाशनबाट स्थानीयले तोडफोड गरेको भनि जानकारी गराए संगै आफुहरु गएको बताएका छन ।

यता अरिहन्त अटो कोर्गेसन उद्योग प्रसाशनका प्रतिनिधि कपिल  रेग्मीले केहि समस्या आएको स्वीकार गरे । 
हामिले सम्बन्धित मान्छे र स्थानहरूमा उद्योगको प्रदुषणबारे खबर गरिसकेका छौ उहाहरू पनि यो बिषयमा गम्भिर हुनुभएकोले केहि समयपछि समस्या हल हुन्छ रेग्मीले भने ।