Trending Tags

मोरङको रंगेलीमा २८ संक्रमित थपिए, एउटै वडामा १७ जना

alt
  • श्रावण ३०, २०७७
  • ब्लाष्ट खबर

विराटनगर / मोरङको रंगेली नगरपालिका भित्र शुक्रबार २८ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये १९ पुरुष र ९ महिला छन् । थपिएका २८ सहित रंगेलीमा संक्रमितको संख्या शुक्रबारसम्म ९० जना पुगेको रंगेली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले जानकारी दिए ।

रंगेली ८ मा एक जना पुरुषको कोरानाको कारण मृत्यु भइसकेको छ । शुक्रबार थपिएका २८ संक्रमित मध्ये रंगेलीको एउटै वडामा १७ जना छन् । रंगेली ७ मा ९ पुरुष र ८ महिला एउटै वडामा संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस वडामा यस अघि पनि २३ जना संक्रमित भेटिएको थियो । एउटा वडामा ठूलो संख्यामा संक्रमित भेटिएको रंगेली बजार क्षेत्रमा पर्ने वडाको हो । शुक्रबार रंगेली ६ मा ३ पुरुष १ महिला र ३ र ४ वडामा १ जना संक्रमण पुष्टि भएको छ । बाँकी ५ जना संक्रमित पुरुषको रंगेली मात्र लेखिएको भए पनि वडा खुलेको छैन ।

कानून विपरीत विलम्ब ...

विजयपुर/ विद्युत् प्राधिकरण धरान शाखाका कर्मचारीले &lsq ...

आजको राशिफल, असोज ६ ...

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ सा ...

विदेशबाट आएका व्यक् ...

भद्रपुर । वैदेशिक रोजगारबाट घर फर्किएका एक व्यक्तिको घर ...

श्रीमती जिस्क्याएको ...

इनरुवा । श्रीमती जिस्क्याएको निहुँमा इनरुवामा एक पुरुषल ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved