विराटनगर । मोरङमा ६२ जना सहित प्रदेश १ मा शुक्रबार ९५ जना संक्रमित थपिएका छन् । संक्रमित थपिएका मध्ये ७६ पुरुष र २८ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार विराटनगरमा २० पुरुष र १३ महिला गरि ३३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै मोरङको रंगेलीमा १९ पुरुष र ९ महिला गरि २८ जना संक्रमित छन् । सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा १८ पुरुष र ४ महिला गरि २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको दुहबीमा ११ पुरुष र २ महिला, धरानमा २, इटहरीमा ३, खुसीमा ३, रामधुनी र देवागन्जमा १-१ जनामा संक्रमण देखिएको छ ।

यस्तै झापामा ९ पुरक्ष र २ महिला गरि ९ जनामा संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरमा २ पुरुष, दमकमा ४ महिला २ पुरुष, शिवसताधीमा १ पुरूषमा संक्रमण देखिएको छ ।

धनुषा र सिराहकाको विष्णुपुरमा १÷१जनामा संक्रमण देखिएको छ ।