ब्लाष्टखबर । दैनिक नया रेकर्ड राख्दै आएकाे सुनकाे मुल्यमा बुधबार भारी गिराबट आएकाे छ । बुधबार मंगलबारकाे तुलनामा ताेलामा एकै दिन ६ हजार २ सयले गिराबट आएकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मुल्य ९५ हजार ४ सय रुपैयाँमा प्रति ताेला कायम भएकाे छ । संघका अनुसार तेजाबी सुनको मूल्य भने तोलाको ९४ हजार ९ सय तोकेको छ ।

त्यस्तै चाँदीको मूल्य तोलाको १२ सय १० रुपैयाँ कायम गरिएको छ।