धरान/ कोरोना सङ्क्रमणबाट अहिले सर्वसाधारण आतङ्कित छन् । मानिस सङ्क्रमित हुने र मृत्यु हुने क्रम जारी छ । तर अझै पनि सरकारी लगानीमा तीन महिनाअघि नै उद्घाटन गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको कोभिड–१९ अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन ।

हालसम्म प्रतिष्ठानमा कोरोना सङ्क्रमितको उपचार आइसोलेसन वार्डमै राखेर भइरहेको छ । तर ती वार्डका बेडहरूमा पनि सङ्क्रमितले खचाखच भरिएपछि प्रतिष्ठानले लक्षण नदेखिएका सामान्य सङ्क्रमितहरूलाई होम आइसोलेसनमा बस्न आग्रह गर्न थालेको छ । समुदायमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेसँगै आइसोलेसन वार्ड र आइसियु शøयाको अभाव शुरु भएको हो ।

प्रतिष्ठानमा निर्मित कोभिड अस्पताल सरकारको १२ करोड ५० लाख रुपैयाँ लागतमा १३ आइसियु, सिटी स्क्यान, अल्ट्रासाउण्ड, अप्रेशन थिएटर, एक्स–रे मेसिन, गाइनो, पेडियाट्रिक र प्रयोगशालासहितको सय शøयाको तयार भएको बताइएको थियो ।

कोभिड–१९ अस्पताल अझै पनि प्रयोगमा आउन नसक्नुका कारणबारे प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले केही प्राविधिक कठिनाइका कारण कोभिड अस्पतालमा सङ्क्रमित भर्ना गर्न ढिलाइ भएको बताए ।

उनले अस्पतालमा आवश्यक उपकरण खरिद गर्नका लागि खरिद ऐनअनुसार टेण्डर खोल्दा र आपूर्तिकर्ताले भनेको समयमा मेडिकल उपकरण ल्याउन नसक्दा पूर्णरूपमा सञ्चालन गर्न ढिलाइ भएको बताए । उनले भने, ‘मेडिकल उपकरण नेपाल बाहिरबाट ल्याउनु परेको छ । विदेशमा पनि अभाव छ । अस्पतालको अप्रेशन थिएटरलाई थप स्तरोन्नति गर्नुपर्ने पनि भएकाले पूर्णरूपमा सञ्चालनमा ल्याउन समय लागेको हो ।’

उनका अनुसार कोभिड अस्पतालमा ९८ प्रतिशत भौतिक पूर्वाधार, उपकरण, शøया जडान भइसकेका छन् । सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा छ ।

अस्पतालमा बिरामी उपचार गर्दा चाहिने केही स–साना सामान जडान गर्नमात्र बाँकी रहेको उल्लेख गर्दै रजिष्ट्रार प्रा.डा. रेग्मीले भने, ‘अबको तीन–चार दिनभित्रमा कोभिड अस्पताल पूर्णरूपमा सञ्चालन गर्ने गरी तयार गरेर खुशीको खबर दिनेछौं ।’ उनले आवश्यकता अनुसार अस्पतालमा शøया र आइसियु थप्दै विस्तार गरिने पनि बताए ।