ब्लाष्टखबर । रसियाले काेराेना विरूद्धकाे पहिलाे खाेप बनाएकाे राष्ट्रपति भ्लादिमीर पुतिनले घाेषणा गरेका छन् । उनले रूसकाे स्वास्थ मन्त्रालयले स्विकृत दिएकाे जानकारी गराउँदै उक्त खाेप विश्वकाे पहिलाे काेराेना विरूद्धकाे सफल खाेप रहेकाे दावा पनि गरेका छन् ।  पुतिनले आफ्नी छोरीले पनि उक्त खोप लगाई सकेकाे र निकै प्रभावकारी देखिएकाे बताएकाे एएफपी न्युज एजेन्सीले बताएकाे छ । 

मस्को स्थित गमल्या इन्स्टिच्यूटले तयार गरेकाे बताइकाे उक्त खाेप मंगलबारकाे रूसको स्वास्थ्य मन्त्रालयले स्विकृती दिदै सफल खाेप रहेकाे बताएकाे छ । आरटीडटकमका अनुसार पुतिनले रसियामा खाेपकाे छिट्टैनै ठूलाे मात्रामा उत्पादन हुने बताएका छन् ।

हाल विश्वमा कोरोना भाइरसकाे खोप बनाउन धेरै देशहरूमा परीक्षण भइरहेको छ । डब्ल्यूएचओका अनुसार सय भन्दा बढी खोपहरू बनाउने काम भइरहेको छ । जसमा अमेरिका, बेलायत, इजरायल, चीन, रुस जस्ता देशहरू सामेल छन् ।

 रूसले गरेको घोषणा सही प्रमाणित भयो र डब्लुएचओले यस खोपलाई अनुमोदन गर्‍यो भने, यो विश्वका लागि ठूलो राहत साबित हुन सक्छ।