धरान / आफ्नो जन्म दिनकोअवसरमा एक मजदुर नेताले असक्तलाई खाद्यान्न सहयोग गरेका छन् ।
नेपालयातायात स्वातन्त्र मजदुर संगठनका केन्दीय सदस्ष्य लक्ष्मीबाँनियाले उनको जन्म दिनकोअवसर पारेर आज धरान–१५ का पुन्य प्याकुरेललाई एक बाेरा चापल दाललगायतका सामाग्री सहयोग गरेका हुन ।

दुर्घटनामा परेर लामो समयदेखि प्याकुरेल ओछ्यानमा परेका छन् । अरुलाई पार्टी खुवाएर भन्दा जो असक्त छन् उनीहरुलाई सहयोग गर्दा पवित्र हुने सोचेर सहयोग गरेको नेकपा धरान सचिवालय सदस्यसमेत रहेका बाँनियाले बताए ।
नेकपा उपमहानगर कमिटी अध्यक्ष नारायणसुवेदी मजदुर संगठनका उपमहानगर अध्यक्ष कमल भट्टराई, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देबेन्द्र कार्कीको उपस्थितिमा उनले सहयोग गरेका हुन । मजदुर स‌गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईकाे पहलमा प्याकुरेलकाे घर बनाई दिएकाे थियाे ।