ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ३ सय ८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन्  । 

यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या १६ हजार ३ सय ५३ जना पुगेकाे  डा. गौतमले जनाएका छन् । उनले ६ हजार ५ सय ४४ जना काेराेना संक्रमितकाे विभिन्न अस्पतालका आइसालेसनमा राखी उपचार भइरहकाे पनि जानकारी दिएका छन् ।

आज २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विरगंज २० वर्षीय  महिला र पाेखरा १९ का ६२ वर्षीय पुरूष रहेकाे मन्त्रालयले जनाएको छ । याे संगै मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।