ताप्लेजुङ । गएराती पानीसँगै आएको हावाहुरीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं १ कालीखोलामा कृषकले लगाएको मकैबालीमा ठुलो क्षति पुर्याएको छ ।
हावाहुरीले सो वडाको चावाखोला पूर्वको सम्पूर्ण भु–भागमा कृषकले लगाएको मकैबालीमा क्षति पर्याएको वडाध्यक्ष विजय चापागाईले जानकारी दिए । साविक ५ वटा वडामा करिव ५० घर परिवार बसोवास गर्छन् । ‘यो क्षेत्रमा आलु र मकै मात्र उत्पादन हुन्छ ।
त्यो पनि सवै सखाप पारेको छ ।’ वडाध्यक्ष चापागाईले टेलिफोनमा भने ‘यहाँका स्थानिय सवै कृषीमा नै आश्रित छन् ।’ सो क्षेत्रमा गत असार अन्तिममा आएको हावाहुरीले समेत क्षति पु¥याएको उनले बताए ।
आफुँले प्रभावित क्षेत्रको निरिक्षण गरेर गाउँपालिकामा जानकारी गराएको समेत चापागाईले जानकारी दिए । हावाहुरी प्रभावितलाई गाउँपालिकावाट राहत उपलव्ध गराउनको लागि पहल गर्ने समेत चापागाईले बताए । उनले क्षतिको विवरण संकलनको कार्य समेत भईरहेको जानकारी दिए ।